एकै पटक पाँच स्थानबाट एफथ्री प्लस सार्वजनिक गर्ने ओप्पोको घोषणा
ओप्पोले २३ मार्च २०१७ मा आफ्नो एफथ्री सिरिज अन्तर्गतको एफथ्री प्लस स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको छ ।
नयाँ डुअल सेल्फी क्यामेरा सहितको उक्त फोन एकै पटक विश्वका पाँच शहरमार्फत सार्वजनिक गर्ने कम्पनीले जानकारी दिएको हो ।
भारत, ईन्डोनेसिया, म्यानमार, फिलिपिन्स र भियतनाम गरी पाँच प्रमुख बजारमा ओप्पोले एफथ्री सिरिज अन्तर्गतको एफथ्री प्लस एकै पटक सार्वजनिक गर्ने तयारी गरेको हो ।
यसमा उपलब्ध गरिएको १६ मेगापिक्सेल क्षमताको प्रमुख क्यामेरा र ८ मेगापिक्सेलको सव क्यामेराले उच्च गुणस्तरिय तस्बिर खिच्ने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार २८ देशमा बजार रहेको ओप्पोको १ सय १६ देशमा ब्राण्ड दर्ता भइसकेको छ ।