सामाजिक उत्तरदायित्वमा ब्रिटिस कलेजका विद्यार्थी
‘द ब्रिटिस कलेज’का विद्यार्थीहरूले काठमाडौँमा रगत अभाव बढेको समाचार सार्वजनिक भएपछि कलेज परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।
नोबल हस्पिटलसँगको सहकार्यमा द ब्रिटिस कलेज ‘सामाजिक उत्तरदायित्व क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कलेजमा सामाजिक उत्तरदायित्वको रूपमा स्थापना गरिएको विद्यार्थीहरूको ‘सामाजिक उत्तरदायित्व क्लबले गरेको उक्त कार्यक्रममा ६० जना व्यक्तिले रक्तदान गरे ।
कार्यक्रममा ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थीहरू र अन्य व्यक्तिहरूले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा कलेजका निर्देशक महेन्द्र कँडेलले विद्यार्थीहरूले विशुद्ध शैक्षिक ज्ञानमात्र नलिई सामाजिक उत्तरदायित्व समेत बोक्नुपर्ने बताए ।
द ब्रिटिस कलेजले बेलायती विश्वविद्यालय लिड्स बेकेट युनिभर्सिटी र युनिभर्सिटी अफ वेस्ट अफ इङ्ग्ल्याण्डको सम्बन्धनमा बीएस्सी कम्प्युटिङ, बीबीए, एमएस्सी इन्टरनेशनल म्यानेजमेन्ट, एमबीए एक्जुकेटिभलगायतका कोर्स सञ्चालन गरिरहेको छ ।