महिन्द्राका गाडी अनलाइनमार्फत बुकिङ् गर्न सकिने
महिन्द्रा गाडीको नेपालका लागि आधिकारीक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रा. लि. ले अनलाइनमार्फत गाडीहरुको बुकिङ्ग गर्न सकिने प्रकृयाको सुरुवात गरेको छ ।
कम्पनीले देशभर रहेका महिन्द्राको शोरुममार्फत बिक्री बितरण गर्न सकिने गरी अनलाइन सेवा सुरुवात गरेको हो ।
ग्राहकहरुले कम्पनीको वेबसाइट www.onlineagnif.com मा गई गाडीहरुको मोडल नं., बिक्री मूल्य हेरी बुकिङ् गर्न सक्नेछन् साथै ई–सेवा मार्फत रकम भुक्तान गरेको भौचरसमेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।