नेपाली र चिनियाँ लगानीमा होङ्सी शिवम् सिमेन्ट
नेपाली र चिनियाँको करिब ५२ अर्ब लगानीमा नवलपरासीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ ।
शिवम् सिमेन्टसँगको संयुक्त लगानीमा स्थापना गर्न लागिएको उद्योगमा ३६ अर्ब लगानी चीनको होङ्सी सिमेन्ट उद्योगको रहेको छ ।
दैनिक १२ हजार टन सिमेन्ट र क्लिङकर उत्पादन गर्ने लक्ष्य राखेको उद्योगले करिब दुई हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिनेछ । उद्योगले ओपीसी र पीपीसी दुवै प्रकारको सिमेन्ट उत्पादन गर्नेछ ।