प्रधानमन्त्रीको प्रस्तावबारे छलफल गर्न मोर्चाको बैठक
प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेशी मोर्चाका नेताहरुहरुबीच आज भएको छलफलमा प्रधानमन्त्रीले राखेका प्रस्तावबारे छलफल गर्न अहिले मोर्चाको बैठक बसिरहेको छ ।
मधेशी मोर्चाका नेताहरुसँग आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक यथास्थितिमा दुई तिहाईवाट पारित हुने स्थिति नरहेकाले हाललाई सीमाङ्कनको विषय थाती राखेर अन्य संशोधनका बुँदाहरु परिमार्जनसहित पारित गराउन सहमतिमा आउन आग्रह गरेका थिए । ।
प्रधानमन्त्रीको उक्त आग्रहपछि आन्तरिक बैठक बसेर निर्णय गरिने मोर्चाका नेताहरुले जवाफ दिएका थिए । त्यही विषयमा छलफल गर्न अहिले मोर्चाको बैठक बसिरहेको हो ।
प्रदेश र केन्द्रको चुनाव अगाडि नै सीमाङ्कन लगायतका मुद्दा आयोगमार्फत् टुंग्याउने गरी बाँकी बुँदामा संविधान संशोधन गरी स्थानीय निर्वाचनमा जान प्रधानमन्त्रीले आग्रह गरेको तमलोपा नेता महन्थ ठाकुरले जानकारी दिए ।
उनले मधेशी मोर्चाको बैठकमा यसबारे छलफल गरी औपचारिक धारणा बनाइने बताएका छन् ।