बजाजको ‘सुन्दर रमणीय नेपाल’ योजना
बजाज मोटरसाइकलको अधिकृत बिक्रेता हंसराज हुलासचन्द प्रा.लि.ले नयाँ वर्ष २०७४ का लागि ‘सुन्दर रमणीय नेपाल’ योजना सार्वजनिक गरेको छ ।
नेपालको भुगोल संस्कृति र परम्परालाई चिनाउन यो योजना शुरु गरिएको कम्पनीले जनाएको छ ।
यो योजना अन्तर्गत कुनै पनि बजाज बाइकको खरिद गर्दा सात हजार चार सय रुपैंया नगद छुट पाउनेछन् । साथै लक्की ड्रमार्फत् एक जना खरिदकर्ताले नेपालका विभिन्न स्थानहरूको भ्रमण गर्नका लागि ७४ हजार भ्रमण खर्च स्वरूप जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।