कला/साहित्यमंगलवार, चैत्र १, २०७३

मानवअधिकार चलचित्र महोत्सव हुदै

हिमालखबर


नेपाल मावनअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ३ चैतदेखि काठमाडौंको नेपाल पर्यटन बोर्डमा सञ्चालन हुने भएको छ ।

‘मेरो पनि अधिकार छ’ भन्ने नाराका साथ सञ्चालन हुन लागेको चार दिने चलचित्र महोत्सवको तयारी पुरा भएको आयोजक मानवअधिकार चलचित्र केन्द्रले जनाएको छ । १ चैतमा पत्रकार सम्मेलनको आयोजना गरी ३–६ चैतसम्म सञ्चालन हुने महोत्सवको विषयमा जानकारी दिइएको छ ।

महोत्सवमा ३८ देशका ९० चलचित्र प्रदर्शन गरिने नेपाल मावनअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका अध्यक्ष अरुणदेव जोशीले जानकारी दिए । देवकी विष्टले निर्देशन गरेको ‘देउकी’ चलचित्र उद्घाटन समारोहमा प्रदर्शन गरिने छ ।

महोत्सवमा प्रदर्शन हुने बिभिन्न देशका कथानक (फिक्सन) र वृत्तचित्रमध्ये उत्कृष्ट अन्तर्राष्ट्रिय र राष्ट्रिय कथानक र वृत्तचित्रलाई पुरस्कृत गरिने जनाएको छ ।

त्यस्तै महोत्सवमा सामुहिक छलफल हुने जनाएको छ । मावनअधिकार र नेपाली चलचित्र विषयमा ४ चैत र नेपाली चलत्रिको अन्तर्राष्ट्रियकरण विषयमा ५ चैतमा छलफल गरिने निर्देशक पाण्डव केसीले जानकारी दिए । भारतीय चलचित्र निर्देशक गिरिस कासरावल्लीको मास्टर क्लास पनि रहने आयोजकले जनाएको छ ।

महोत्सवको जुरीमा निर्देशक तुलसी घिमिरे, भारतीय चलचित्र निर्देशक गिरिस कासरावल्ली, बंगलादेशका चलचित्र समीक्षक अमेद मुज्ताब जामल र डच चलचित्र निर्माता क्लेमेन्टाइन इड्रिभन रहने छन् ।

त्यस्तै जुरीले छनौट गरेका चार चलचित्रलाई ‘राइनो अवार्ड’, उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्र र वृत्तचित्र, उत्कृष्ट नेपाली चलचित्र र वृत्तचित्र तथा एउटा जुरी अवार्ड प्रदान गरिने जनाएको छ ।

कार्यक्रम तालीकाः

 

प्रतिकृया दिनुहोस