आईसीसी विश्व क्रिकेट लिग च्याम्पियसीप: नेपाल Vs केन्या
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियसीप अन्तरगत त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भइरहेको खेलामा भइरहेको खेलामा लक्ष्य पछ्याइरहेको छ । २१ ओभरको खेल समाप्त हुदा दुई विकेटको क्षतिमा १०० रन बनाएको छ । ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरी क्रिजमा छन् ।
यस अघि केन्याले ४६.१ ओभरमा सबै विकेट गुमाउदै १५५ रन बनाएको थियो ।
टस जितेर केन्यालाई ब्याटिङ्गका लागि निम्त्याएको नेपालको सुरुवात राम्रो रह्यो । १४ रनमै पहिलो विेकट गुमाएको केन्यालका नियमित रुपमा विकेट झर्दै गए । क्ष्फ्रान करिम ३८ कलिन्स अबुया ४८, राकेप पटेल २१ बाहेक अरुले राम्रोसँग् खेल्न सकेनन् ।
नेपालका लागि शरद भेषवाकर ४, महबुबु आलम र बसन्त रेग्मीले २/२, सागर पुन र संदिप लामिछानेले एक/एक विकेट लिए ।
२८ फागुनमा केन्यासँग भएको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो । आजको खेल नेपाल जित्नै पर्ने अवस्थामा छ । पहिलो खेलमा पराजित भएको नेपालमा ६ अंकसहित आठ टीम सम्मिलत च्याम्पियनसीपमा छैटौं स्थानमा छ ।
केन्या १० अंक सहित पाँचौ स्थानमा छ भने नेदरल्यान्ड १६ अंकसहित शिर्षस्थानमा छ । पपुवान्यूगिनी १२, हङकङ र स्कटल्यान्ड ११/११ अंकसहित क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । २/२ अंकसहित नामिविया सातौं र यूएर्य पुछारमा रहेको छ ।
अब नेपालले हङकङ र यूएईसँग खेल्न बाँकी छ । आजको खेलमा जित हासिल गरे २०१९ को विश्वकप क्वालिफायर खेल्ने झिनो आशा जीवित रहनेछ ।