खेलकुदआइतवार, फाल्गुण २९, २०७३

नेपाली युवा टोली जापानसँग पराजित

हिमालखबर

यु-१५ नेपाललाई यु-१५ जापानले विशाल अन्तरले पराजित गरेको छ । श्रीलंकामा जारी एसएफटी साउथ एसिया-जेएफए यु-१६ एक्सचेन्ज अन्तर्गतको खेलमा नेपाली युवा टोलीलाई जापानले ९-० गोल अन्तरले हराएको हो ।

खेलको २० मिनेटसम्म टीम नेपालका खेलाडीहरुले टक्कर दिएका थिए । ५० औं मिनेटमा गोलकिपर रोशन थापा पेनाल्टी प्रहार रोकेका थिए ।

नेपालले २८ फागुनमा भुटानलाई ७-१ ले हराएको थियो । नेपालले अन्तिम खेल १ चैतमा श्रीलंकासँग खेल्नेछ ।

 

प्रतिकृया दिनुहोस