गोविन्द गौतमको शवयात्रामा सयौँ सहभागी
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर मृत्यु भएका गोविन्द गौतमको शवयात्रामा सयौँ सर्वसाधारण सहभागी भएका छन् ।
२६ फागुनमा पुनर्वास नगरपालिका आनन्दबजारको नेपाल–भारत सीमा क्षेत्रमा कलभर्ट निर्माणको विषयमा विवाद हुँदा एसएसबीले चलाएको गोली लागेर गोविन्द गौतमको मृत्यु भएको थियो ।
गौतमको शवयात्रा उनको गृहनगर पुनर्वास नगरपालिका हुँदै कञ्चनपुरको दोदा नदी किनारमा पुगेर उच्च सम्मानका साथ उनको अन्त्येष्टि गरिने छ । त्यहाँ नेपाल प्रहरीले ११ तोपको सलामी दिनेछ । उनको शव राखिएको गाडीमा फूलमाला, राष्ट्रिय झन्डा र गौतमको फोटो राखिएको छ ।
गौतमलाई यसअघि नै सरकारले शहीद घोषणा गरिसकेको छ ।
तस्वीरः कपिल भट्ट