एमाले मेची महाकाली अभियान भैरहवा र भूमहीमा
एमालेले मेची–महाकाली अभियान अन्तर्गत आज नवलपरासीको भूमही र रुपन्देहीको भैरहवामा आमसभा आयोजना गरेको छ ।
एमाले अध्यक्ष केपी ओलीले भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दैछन् भने वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले सम्बोधन गर्दैछन् ।
एमालेले भैरहवामा आयोजना गरेको सभा अहिलेसम्मकै ठूलो सभा हुने दाबी गरेको छ ।
एमालेको अभियानलाई लक्षित गरेर मधेशी मोर्चाले भैरहवा र नवलपरासी बन्दको आयोजना गरे पनि जिल्लामा त्यसको प्रभाव परेको छैन ।
दीपक ज्ञवाली, नवलपरासीबाट