३ चैत भित्र स्थानीय तहमा कर्मचारी खटाउन आयोगको निर्देशन
निर्वाचन आयोगले आगामी ३ चैत भित्र तोकिएको स्थानमा कर्मचारी खटाउन सरकारलाई निर्देशन दिएको छ ।
आयोगले आपसी समन्वय गरी ७४४ वटै स्थानीय तहमा कर्मचारीको व्यवस्था मिलाउन सामान्य प्रशासन मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।
आयोगले स्थानीय तहमा कर्मचारी खटाउँदा सम्भव भएसम्म सम्बन्धित सेवा/समूहका कर्मचारी खटाउने र सम्भव नभएमा मात्रै अन्य सेवा/समूहबाट कर्मचारी व्यवस्थापन गर्न सामान्य प्रशासन मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।