खेलकुदशनिवार, फाल्गुण २८, २०७३

नेपाली युवा टोलीद्वारा भुटान ७–१ ले पराजित

हिमालखबर

नेपालको यु–१५ टीमले यु–१६ भुटान विरुद्ध फराकिलो जित निकालेको छ । श्रीलंकाको कोलम्बोमा २८ फागुनमा नेपाली युवा टोली ७–१ गोलले विजयी भएको हो ।
व्रिजेश चौधरी, रोशन राना मगर, कार्लोस बखरिया र रञ्जन पुनले नेपालका लागि गोल गरे । कोलम्बोको रेसकोर्स रंगशालामा भएको एसएफटी साउथ एसिया-जेएफए यु-१६ एक्सचेन्ज कार्यक्रम  अन्तर्गत टीम नेपाल त्यहाँ खेल्न गएको हो ।  

यु-१५ नेपालले २९ फागुनमा यु-१५ जापानसँग प्रतिस्पर्धा गर्दैछ ।

 

 

प्रतिकृया दिनुहोस