नवयुग श्रेष्ठ फिलिपिन्स विरुद्ध नखेल्ने
टीम नेपालको पहिलो रोजाईका फरवार्ड नवयुग श्रेष्ठ एसियन कप २०१९ छनोटअन्तर्गत फिलिपिन्स विरुद्ध खेल्न नसक्ने भएका छन् । नेपाल र फिलिपिन्सबीच १५ चैतमा मनिलामा खेल हुँदैछ ।
नवयुग चोटका कारण टीम नपरेको राष्ट्रिय टीमका प्रशिक्षक राजुकाजी शाक्यले जानकारी दिए । गतवर्ष भएको साफ च्याम्पियनसीप, बंगबन्धु कप र एएफसी सोलिडारिटी कपमा नवयुगले १२ गोल गरेका थिए ।
सोलिडारिटी कप खेलेका सुनील बल र दीपक गुरुङ पनि टीममा समेटिएका छैनन् । टीम नेपालका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले बन्द प्रशिक्षणका लागि २७ खेलाडी छनौट गरेका छन् ।
कोजीको छनौटमा परेका खेलाडीहरू
गोलकिपरः
किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ र एलन न्यौपाने
डिफेन्सः
रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, रन्जित धिमाल, जितेन्द्र कार्की र विमल बस्नेत
मिडफिल्डः
रोहित चन्द, मानबहादुर तामाङ, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अन्जन विष्ट, सुजल श्रेष्ठ, सुमन लामा र राजेन्द्र रावल
फरवार्डः
अनिल गुरुङ, विमल घर्ती मगर, रन्जन विष्ट, भरत खवास र कर्ण लिम्बू