खेलकुदशनिवार, फाल्गुण २८, २०७३

नेपाल पाँच विकेटले पराजित

हिमालखबर

विश्व क्रिकेट लिग च्याम्पिनयसिपको पाँचौ चरण अन्तरगत त्रिवि क्रिकेट मैदानमा केन्यासँग भएको खेलमा नेपाल पाँच विकेटले पराजित भएको छ ।

वर्षाका कारण ३८ ओभरमा छोट्याएको खेलमा नेपालले ३६ ओरभमा ११२ रना बनाएको थियो । नेपालको इनिङ नसकिदै पानी परेपछि ९ ओभर घटाइएको थियो । २९ ओभरमा १०४ रनको लक्ष्य पाएको केन्याले पाँच विकेट गुमाएर ८० रन बनाउदा पानी परेको थियो । त्यसपछि फेरी ३ ओभर घटाइएको थियो ।

२६ ओभरमा ९४ रनको लक्ष्य पाएको केन्याले २४१ ओभरमा ५ विकेट गुमाउदै जित हासिल गरेको हो । केन्याका लागि आरआर पटेलले अभिजित ३४ र सी ओवियाले २४ रन बनाए ।

नेपालका लागि सागर पुन र सन्दिप लामिछानेले दुई दुई तथा बसन्त रेग्मीले एक विकेट लिए ।

कप्तान पारश खड्का खेल्न नसकेपछि उपकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपाली टोली मैदानमा उत्रिएको हो । नेपालले ३६ ओभरमा ८ विकेट गुमाएर ११२ रन बनाएको थियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्ल २७, सुनिल धमला ३, सागर पुन १०, दिपेन्द्र सिंह ऐरी १९, शरद भेषवाकर ३, विनोद भण्डारी ४, महबुबु आलम २, बसन्त रेग्मी ६ रन बनाएर आउट भएका छन् । शक्ति गौचनले १८ र सोमपाल कामीले १५ रन बनाएका छन् ।

नेपालको केन्यासँग अर्को खेल ३० फागुनमा त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतिकृया दिनुहोस