कञ्चनपुर घटनाको विरोधमा बारामा प्रदर्शन
कञ्चनपुरको पूनर्वासमा भारतीय सीमा सुरक्षा बलको गोलीबाट नेपालीको मृत्यु भएको विरोधमा बाराको निजगढका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
निजगढको गौरीशंकर क्याम्पसका विद्यार्थीहरुले उक्त घटनाको विरोध गर्दै पूर्वपश्चिम राजमार्गमा ¥याली प्रदर्शन गरेका हुन् ।
उनीहरुले दोषीलाई कारवाही गर्न, सीमा क्षेत्रलाई सुरक्षित बनाई नेपालीहरुको जीउधनको ग्यारेन्टी गर्न, भारतीय पक्षबाट मिचिएका भू—भाग फिर्ता गर्न लगायतका माग सरकारसँग गरेका थिए ।
श्याम गुप्ता, बारा