इन्टरनेटमार्फत शेयर कारोबार गर्न धितोपत्रको निर्देशन
नेपाल धितोपत्र बोर्डले इन्टरनेटमार्फत शेयर कारोबार गर्न निर्देशन दिएको छ ।
आज एक प्रेस विज्ञप्ति जारी गरी शेयर खरिद विक्रिकर्ताले इन्टरनेटमार्फत सम्पूर्ण विवरण हेर्न मिल्ने सहितकाे आइटी प्रविधिको व्यवस्था गर्न दलाल कम्पनीहरूलाई निर्देशन दिएको हो ।
यो व्यवस्थाले समयको बचतका साथै पारदर्शी ढङ्गले शेयर कारोबार गर्न सकिने बोर्डले जनाएको छ ।