सप्तरी घटनाका अर्का घाइतेको निधन
२३ फागुनमा सप्तरीको मलेठमा प्रहरीको गोली लागेर घाइते भएका इनरदेव यादवको आज निधन भएको छ ।
एमालेको मेची–महाकाली अभियानका बेला २३ फागुनमा प्रहरीको गोली लागेर घाइते भएका यादवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज दिउँसो करिब २ः २० बजे निधन भएको हो ।
५२ वर्षीय यादव सप्तरीको जमुनीमधेपुरा– १ का स्थायी वासिन्दा हुन् । योसँगै सप्तरी घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
श्रवणकुमार देव, सप्तरी