मोर्चाका सांसदबाट रोष्टम घेराउ
व्यवस्थापिका–संसद्को आजको बैठकमा सप्तरीको घटनाको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सङ्घीय गठबन्धनका सांसद्हरुले रोष्टम घेराउ गरेका छन् ।
बैठक आरम्भ हुनासाथ सभामुखसँग समय लिएर सङ्घीय समाजवादी फोरमका नेता अशोककुमार राईले २३ फागुनमा सप्तरीमा भएको झडपमा चार जनाको मृत्यु भएको र ३५ जना घाइते भएको सम्बन्धमा दोषीलाई कारबाही गर्न माग गरे ।
उनले आफूहरुले घेराउ गर्ने जानकारी गराएपछि मोर्चाका सांसद्हरु रोष्टम घेर्न पुगेका थिए । मोर्चाको घेराउ र नाराबाजीबीच बैठकको शून्य समय शुरु भएको छ ।
रासस