स्थानीय तह आजैदेखि लागू, पुरानो संरचना खारेज
नयाँ संविधान अनुसार पुनर्संरचना पछिको स्थानीय तह आजदेखि लागू भएको छ ।
उपप्रधान एवं सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले राजपत्रमा प्रकाशित सूचना सार्वजनिक गर्दै पुरानो संरचना खारेज भएको र नयाँ स्थानीय तह आजैदेखि लागू भएको घोषणा गरेका हुन् ।
नयाँ संरचना अनुसार स्थानीय तहको सङ्ख्या ७ सय ४४ वटा रहेका छन् । जसअनुसार ४ महानगर, १३ उपमहानगर, २ सय ४६ नगरपालिका, ४ सय ८१ गाउँपालिका रहेका छन् । देशभर महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिका गरी ६ हजार ६ सय ८० वडाको सङ्ख्या रहेको छ ।