एनआईसी एशिया बैङ्कको स्वर्णिम मुद्धती खाता योजना
एनआईसी एशिया बैङ्कले 'स्वर्णिम मुद्धती खाता' योजना ल्याएको छ ।
तीन महिनादेख एक वर्षसम्मको अवधिका लागि योजना ल्याइएको बैङ्कले जनाएको छ ।
तीन महिना अवधिका लागि ९ प्रतिशत ब्याजदर, छ महिनाको लागि १० प्रतिशत, ९ महिनाको लागि ११ प्रतिशत र एक वर्षका लागि १२ प्रतिशत व्याजदर कायम गरिएको बैङ्कले जानकारी दिएको छ ।
यो योजना अन्तर्गत न्यूनतम एक लाख रुपैंया जम्मा गर्नुपर्ने र त्यसको ८० प्रतिशत सम्म ऋण सुविधा पनि रहेको बैङ्कले जनाएको छ ।