एचएच बजाजको नयाँ शोरुम पाल्पामा
पाल्पाको रामपुरमा एचएच बजाजले आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
नयाँ बाइक खरिदका साथै स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि मनकामना अटो वक्र्स सञ्चालनमा ल्याएको हो ।
नयाँ शोरुम मार्फत बजाजले आफ्नो बिक्रीलाई ग्रामीण भेगमा समेत थप सशक्त बनाउन लक्ष्य लिएको कम्पनीले जनाएको छ । एचएच बजाजका डिपुटी महाप्रबन्धक योगेन गुरुङले ग्राहकहरुको बढ्दो मागका कारण पाल्पामा नयाँ शोरुम स्थापना गरेको बताए ।
शोरुमको शुभारम्भको अवसरमा ग्राहकहरुलागि बाइक खरिदमा आकर्षक पुरस्कारको व्यवस्था गरेको शोरुमले जनाएको छ ।