बाँकेः भारतीय गाडीमा आगजनी
बाँकेको कोहलपुरमा एउटा भारतीय नम्बर प्लेटको गाडीमाथि आगजनी भएको छ ।
कोहलपुरको न्यूरोडस्थित होटल पपलाईफ अगाडि रोकिराखेको यूपी ८३ एक्स ४५२९ नम्बरको कारमाथि २७ फागुन बिहान करिब सवा ३ बजे आगजनी भएको कोहलपुर प्रहरीले जनाएको छ ।
आगोले जलेर गाडीको पछाडिको भागमा क्षति पुगेकाे छ ।
उक्त कार पपलाइफ होटेलमा बसेका भारतको फरिदावादका चुरा व्यापारी रवि शर्माको रहेको कोहलपुर प्रहरी प्रमुख डिएसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
केशव राना, बाँके