सप्तरीमा बस जलाइयो, पूर्णरुपमा नष्ट
सप्तरीको मलेठमा गए राति मधेशी मोर्चाका कार्यकर्ताले एउटा यात्रुबाहक बस जलाएका छन् ।
वीरगञ्जबाट राजविराज जाँदै गरेको ना ५ ख ६७१३ नम्बरको बसलाई गए राति करिब १२ बजे मोर्चाका कार्यकर्ताहरुले आगो लगाएका हुन् ।
बस पूर्णरुपमा ध्वस्त भएको छ ।
२३ फागुनमा प्रहरीको गोलीबाट ४ जनाको ज्यान गएपछि लगातार भइरहेको सप्तरी बन्द आज पनि कायमै छ । मोर्चाका कार्यकर्ताहरुले जिल्लाका मुख्य बजार र राजमार्गका चोकहरुमा टायर बालेर विहानैदेखि प्रदर्शन गरिरहेका छन् ।
श्रवणकुमार देव, सप्तरी