विदेशी ‘डिप्लोम्याट’हरुलाई बिफ्रिङ गर्दै एमाले
नेकपा (एमाले)ले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा काठमाडौंस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई ‘ब्रिफिङ’ गर्ने भएको छ ।
आज साँझ ५ बजे याक एन्ड यति होटलमा नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई ‘ब्रिफिङ’ गर्न लागेको हो । पछिल्लो राजनीतिक अवस्था, मेची–महाकाली अभियान, सप्तरीमा घटेको घटनालगायतका विषयमा ‘ब्रिफिङ’ गर्न लागेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
एमाले विदेश विभाग प्रमुख माधव कुमार नेपालको निमन्त्रणमा याक एण्ड यति होटल बोलाइएका विदेशी कुटनीतिक नियोगका प्रनिधितिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘ब्रिफिङ’ गर्ने कार्यक्रम रहेको छ । कुटनीतिक नियोगका प्रतिनिधिसँगै नेपालस्थित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिलाई पनि ‘ब्रिफिङ’मा बोलाएको छ ।