नयाँ प्याकेजिङ्मा नेबिको बिस्कुट
नेपालमै उत्पादन हुने नेबिको सुगर फ्रि नयाँ प्याकेजिङ्का साथ बजारमा आएको छ ।
उपभोक्ताको चाहाना अनुसार विस्कुटलाई नयाँ प्याकेजिङ्मा ल्याइएको कम्पनीले जनाएको छ ।
प्याकेजिङ्मा उत्पादनको गुणस्तरलाई उपभोग्य समयसम्म कायमै राख्न र आकर्षक बनाउन नयाँ प्याकेजिङ् मेटेरियल प्रयोग गरिएको कम्पनीको दाबी छ ।
एअर टाइट कार्टुनमा प्याकेजिङ् गरिएको यो बिस्कुटको ११० ग्राम रु. ५० र २२० ग्रामको रु एक सय तोकिएको कम्पनीले जनाएको छ ।
नेबिकोको स्वामित्वमा बिस्कुट, कन्फेक्नरी, मैदालगायतका कम्पनीहरू रहेका छन् ।