महिला दिवसका अवसरमा टेलिकमको अफर
नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्तालाई तीन महिनासम्म विभिन्न किसिमको सेवामा अफर प्रदान गरेको छ ।
नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जारी गरेको प्रेस विज्ञप्तिमा कम्पनीको प्रमोसनल अफरअन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर आज बुधबार अर्थात २५ फागुनदेखि तीन महिनासम्म कायम रहने उल्लेख गरिएको छ ।
अफरको फेसबुक प्याकेजअन्तर्गत २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म २४ घन्टा उपभोग गर्न पाउने गरी १०० एमबी डाटा उपलब्ध गराइएको छ ।
डे एण्ड नाइट डाटा प्याकेजअन्तर्गत १०० रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १०० एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने बताइएको छ ।
नाइट डाटा प्याकेजअन्तर्गत ४५ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी सात दिनसम्म र ९० रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने टेलिकमले जनाएको छ ।
रासस