‘५ एक्स डुअल क्यामेरा जुम’ प्रविधिका लागि ओप्पो सम्मानित
‘५ एक्स डुअल क्यामेरा जुम’ प्रविधिका लागि ओप्पो मोबाइल सम्मानित भएको छ ।
'वायर्ड' नामक अमेरिकी म्यागेजिनले ओप्पोलाई ‘५ एक्स डुअल क्यामेरा जुम’ प्रविधिका लागि ‘कुलेस्ट अफ एमडब्ल्यूसी अवार्ड’बाट सम्मानित गरेको हो ।
आईडीसीका अनुसार १६ दशमलव ८ प्रतिशत बजार हिस्सासँगै ओप्पो अहिले चीनमा नम्बर १ स्मार्टफोन ब्राण्डका रूपमा स्थापित भइसकेको छ भने विश्वकै चौथौँ बेष्ट सेलिङ स्मार्टफोन ब्राण्डका रूपमा रहेको छ ।