सप्तरी घटनामा तीन जनाको मृत्यु
प्रहरीसँगको झडपमा मधेशी मोर्चाका तीन कार्यकर्ताको मृत्यु भएको छ । तीन जनाको सप्तरीको राजविराजमा २३ फागुनमा भएको झडपमा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार झडपमा गोली लागेर मलेठ गाविस–२ का २२ वर्षीय सञ्जन मेहता, मलेठ गाविस–४ का ३० वर्षीय पिताम्बर मण्डल र प्रसौनी गाविसका आनन्द साहको मृत्यु भएको हो ।
श्रवणकुमार देव, सप्तरी