नेविसंघमा समिता कर्णालीकै पहिलो महिला केन्द्रीय सदस्य
नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनले समिता शाहीलाई महिला केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।
शाही कर्णालीबाट निर्वाचित हुने पहिलो महिला केन्द्रीय सदस्य हुन । विद्यार्थी राजनीतिमा विगत २५ वर्षसम्म जुम्लाबाट कुनै पनि महिला वा पुरुष केन्द्रीय सदस्यमा नपुगेको अवस्थामा नेविसंघको ११ औं महाधिवेशनले उनलाई केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित गरेको नेपाली कांग्रेस जुम्लाका पार्टी सचिव कर्णबहादुर शाहीले जानकारी दिए ।
सिंजाका नमजङ्ग हमाल र त्यसपछि नेपाली कांग्रेस जुम्लाका तत्कालीन सभापति भएका स्वर्गीय मानव सेजुवाल केन्द्रीय सदस्यमा निर्वाचित भएको २५ वर्षपछि शाहीलाई निर्वाचित गरेको उनले बताए ।
जुम्लाको अत्यन्तै विकट गाविस ताम्ती ८ टोप्ला गाउँमा जन्मिएकी २२ वर्षीया शाहीले पिछडिएको क्षेत्रका लागि तोकिएको कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी थिइन् । रासस