पूर्वनिर्धारित बाहेक कुनै पनि निर्वाचन नगराउन आयोगको निर्देशन
निर्वाचन आयोगले पूर्वनिर्धारित कार्य तालिका बाहेकका कुनै पनि सङ्घ सङ्गठन, विश्वविद्यालय वा विद्यालय व्यवस्थापन समितिको निर्वाचन नगराउन सरकारलाई निर्देशन दिएको छ ।
आयोगले प्रेस विज्ञप्ति जारी गर्दै ३१ वैशाखको निर्वाचन, स्वच्छ, भयरहित, निष्पक्ष र परदर्शी बनाउन निर्देशन दिएको जनाएको हो ।
निर्वाचन आयोगको यो निर्देशनसँगै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पनि अनिश्चत भएको छ । १८ फागुनमा त्रिविका ६० आंगिक क्याम्पस मध्ये २१ वटामा मात्रै स्ववियु निर्वाचन भएको थियाे ।