१३२ किलो चरेससहित तीनजना भारतीय नागरिक पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले १३२ किलो चेरस र ६२ किलो गाँजा सहित तीन जना भारतीय नागरिकलाई हेटौंडाबाट पक्राउ गरेको छ ।
भारत मोतीहारीका ३० वर्षीय मेराज साह र २६ वर्षीय मिथलेश सहनीलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका–१७ रातोमाटेबाट पक्राउ गरेको हो ।
उनीहरुले प्रयोग गरेको बिआर २९ बि ७१४१ नम्बरको जीप समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धादिङबाट भारततर्फ निकासी गर्न लागिएको ६२ किलो गाँजासहित अर्का एक जनालाई प्रहरीले रातोमाटेबाटै पक्राउ गरेको छ ।
बिआर ०७ जी ५३४० नम्बरको भारतीय नम्बर प्लेटको ट्रकमा राखेर निकासी गर्न लागिएको गाँजासहित भारत मोतीहारी सुगौली– १० का २८ वर्षीय मनोज कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सुरजकुमार भूजेल, मकवानपुर