३३ किलो सुन तस्करीमा १२ जना विरुद्ध मुद्धा
३३ किलो सुन तस्करीमा संलग्न १२ जना विरुद्ध प्रहरीले काठमाडौँ जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।
नेपाल प्रहरी केन्द्रीय अनुसनधान ब्यूरो (सिहाइबी) ले आज पत्रकार सम्मेलन गरी सुन तस्करमा संलग्नहरु माथि भएको अनुसन्धानबारे जानकारी गराएको हो ।
सिआइबीले २१ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो अवैध सुन नियन्त्रणमा लिएको थियो ।
सिहाइबीले सुन तस्करीमा संलग्न प्रहरी वरिष्ठ उपरीक्षक श्यमबहादुर खत्री, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका तथ्याङ्क अधिकृत श्रीनारायण यादव, एक्सरे मेसिन टेक्नीसयन राजकुमार ढकाल, रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठ, रोजश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठ, गोपालबहादुर शाही, दिलबन्धु, सन्तोष काफ्ले थापा र रामहरी कार्कीविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा चलाएको छ ।