ज्ञान मल्टिग्रेन आटा बजारमा
के. एल दुगड समूहले ७ वटा प्राकृतिक अन्न, गहुँ, मकै, चना, भटमास, ओट्स, रागी र जौको समिश्रणबाट तयार पारिएको आटाको बिक्री वितरण सुरु गरेको छ ।
उपभोक्ताको स्वास्थ्य प्रति सचेत रही के एल दुगड सुमुहले यो मल्टि ग्रेन आटा बजारमा ल्याएको हो ।
यो आटामा मानिसको शरीरलाई चाहिने प्रोटिन, भिटामिन तथा खनिज तत्त्व प्रयाप्त मात्रामा रहेको कम्पनीले दाबी गरेको छ । यो आटा २ के जी को प्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।