पत्रकार श्रीलाल साहको निधन
पत्रकार श्रीलाल साहको ४९ वर्षको उमेरमा निधन भएको छ ।
सर्लाहीको पडरिया– ७ का स्थायी वासिन्दा साहको ललितपुरको चाकुपाटस्थित डेरामा आज, २२ फागुन विहान निधन भएको हो ।
केही समयदेखि उनी क्यान्सर रोगबाट ग्रस्त थिए ।
वातावरण, मानवअधिकार जस्ता विषयको रिपोर्टिङमा दख्खल राख्ने उनले कान्तिपुर दैनिक लगायतका पत्रिकामा काम गरेका थिए भने नेपाल वातावरण पत्रकार समूहमा पनि आवद्ध थिए ।
मानवअधिकार, वन्यजन्तु लगायतका विषयमा वृत्तचित्र समेत निर्माण गरेका साहले हिमाल खबरपत्रिका लागि पनि रिपोर्टिङ गरेका थिए ।