यातायात कार्यालय सतुङगलको राजस्व सङ्कलन बैङ्क मार्फत
ग्लोबल आइएमई बैङ्कले १९ फागुनदेखि यातायात व्यवस्था कार्यालय, सतुङगलको राजश्व सङ्कलन सेवा शुरु गरेको छ ।
बैङ्कले सतुङगलमा रहेको यातायात व्यवस्था कार्यालय परिसरमा काउण्टर स्थापना गरी राजस्व सङ्कलन शुरुवात गरेको हो ।
यसअघि बैङ्कले यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजश्व सङ्कलन गरिरहेको छ ।
बैङ्कले देशैभर ११ वटा राजश्व सङ्कलन काउण्टर मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।