कलर्सको स्मार्ट डिल
कलर्स मोबाइलले आफ्ना केही स्मार्टफोनहरु खरिद गर्दा फ्रि पावर ब्याङ्क सहित मुल्यमा पनि छुट दिने भएको छ । रु. १३ हजार ९९५ पर्ने कलर्स इ–१५ रु. १२ हजार ४९५ मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यस्तै कलर्स इ–२० स्मार्टफोनको मूल्य रु. १३ हजार ९९५ कायम गरिएको छ । यसअघि यसको बजार मुल्य रु. १५ हजार ९९५ थियो ।
कलर्स के–३ पनि स्मार्टफोनको प्रचलित बजार मुल्य रु.१७ हजार ४९५ रहेकोमा रु.१५ हजार ९९५ कायम गरिएको छ । साथमा १०,००० एमएएच पावर ब्याङ्क पनि सित्तैंमा दिइने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार यो योजना केही दिनसम्म सञ्चालन हुनेछ ।