सप्तरीमा मोर्चा कार्यकर्ताद्वारा एमाले नेतामाथि दुर्व्यवहार
एमालेको मेची–महाकाली अभियानविरुद्ध आन्दोलन घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका कार्यकर्ताहरुले एमालेका एक स्थानीय नेतालाई मोसो दलेका छन् ।
मोर्चाका कार्यकर्ताहरुले राजविराज १ हटियामा अभियानको प्रचार–प्रसारमा रहेका एमाले जिल्ला सदस्य प्रतापनारायण चौधरीलाई मोसो दलेका हुन् ।
चौधरी मोर्चाको निसानामा परेपछि त्यहाँ उपस्थित जिल्ला सचिव शम्भु यादवसहितका अन्य नेता कार्यकर्ताहरु भागेका थिए ।
एमालेलाई मधेशविरोधी भन्दै कुनै गतिविधि नगर्न चेतावनी दिइए पनि जवरजस्ती गतिविधि जारी राखेकोले कार्वाही गरेको मोर्चाका जिल्ला संयोजक दिनेश यादवले बताए ।
एमालेले २१ फागुनदेखि मेची–महाकाली अभियान शुरु गर्दैछ ।
श्रवणकुमार देव, राजविराज