जोन्टा क्लबद्वारा चर्पी हस्तान्तरण
जोन्टा क्लबले पशुपति क्षेत्र विकास कोषलाई पाँच वटा चर्पी हस्तान्तरण गरेको छ ।
सुलभ प्रविधिद्वारा निर्माण गरिएका पाँच चर्पीमा दुइटा पुरुष र दुइटा महिलाले प्रयोग गर्ने तथा एउटा अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्न सक्ने गरी निर्माण गरिएको क्लबले जनाएको छ ।
पाँचवटै चपी रु.२० लाख २१ हजारमा निर्माण गरिएको जनाएको छ ।