तिलोत्तमा गोल्डकप उपाधिका लागि आर्मी र संकटा भिड्ने
रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी क्लब र सिएमजि संकटा क्लब खेल्ने भएको छ । आर्मीले आयोजक रुपन्देही–११ लाई पराजित गर्दै संकटासँगको भेट पक्का गरेको हो ।
आर्मीले १९ फागुनमा संकटालाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्यो । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि दुबै टीमले गोल गर्न सकेनन् ।
संकटाले हिमालयन शेर्पा क्लबलाई पराजित गरेर यसअघि नै फाइनल यात्रा तय गरिसकेको छ ।
फाइनल २१ फागुनमा बुटवल, देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुँदैछ । उपाधि विजेताले रु. ५ लाख ५५ हजार ५५५ र उपविजेताले रु. ३ लाख ५५ हजार ५५५ प्राप्त गर्ने आयोजक रुपन्देही फुटबल संघले जनाएको छ ।