अर्थमन्त्री महरा र एशियाली पूर्वाधार बैङ्कका अध्यक्षबीच भेटवार्ता
उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा र एशियाली पूर्वाधार बैङ्कका अध्यक्ष जिन लिक्वुनबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा अर्थमन्त्री महराले नेपालले अगाडि बढाउन खोजेको विभिन्न ठुला परियोजनाहरुमा लगानीका लागि अध्यक्ष जिनलाई प्रस्ताव गरेका थिए ।
प्रत्युत्तरमा अध्यक्ष जिनले नेपालबाट प्रस्ताव हुने ठुला आयोजनामा लगानी गर्न बैङ्क तत्पर रहेको जानकारी दिँदै समयमै आयोजना सम्पन्न गर्नेतर्फ नेपालले ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
‘नेपाल लगानी सम्मेलन’मा भाग लिन उच्चस्तरीय बैङ्कका प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष जिन बुधवार काठमाडौ आएका हुन् ।