पूर्वाञ्चल पुष्प व्यापार मेला हुँदै
पूर्वाञ्चलको धरानमा 'पूर्वाञ्चल पुष्प व्यापार मेला' हुने भएको छ ।
पुष्प तथा आलंकारीक बोट बिरुवाको व्यावसायिक विकास, बिस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले २३ फागुनदेखि २५ सम्म पुष्प व्यापार मेला हुने भएको हो ।
फ्लोरिकल्चर एशोसिएशन नेपालले आयोजना गरेको उक्त मेला मार्फत पुष्पप्रेमी उपभोक्ता बढन जाने र बजार थप विस्तार हुने विश्वास लिइएको छ । पुष्पको व्यापारिक विकाससंगै गुणस्तरिय उत्पादनले मात्र उपभोक्ता आकर्षित हुने हुँदा पुष्प व्यवसायीहरु बिच प्रतिस्पर्धात्मक कार्यक्रम समेत राखिएको छ । प्रतिस्पर्धामा समावेश भएका व्यवसायीहरुलाई प्रथम, दृतीय तथा तृतीय घोषणा गरी शिल्ड, नगद तथा प्रमाण–पत्रद्धारा पुरस्कृत गरिनेछ ।
मेलामा व्यावसायिक स्टल १३, सूचनामुलक १ र प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा १५ वटा प्रदर्शनी कक्षहरु रहने छन् ।