कला/साहित्यबिहिवार, फाल्गुण १९, २०७३

अन्तर्राष्ट्रिय मिस प्रतियोगिता काठमाडौँमा हुँदै

हिमालखबर

मयुर हिमालयन प्रालिले आगामी ७ चैत देखि १९ सम्म काठमाडौँमा ‘मिस इन्टरकन्टिनेन्टल युनिभर्स’ प्रतियोगिता गर्ने भएको छ ।

नेपालको वेशभूषा तथा संस्कृतिलाई अन्तर्राष्ट्रिय तहमा पु¥याउन उक्त प्रतियोगिता गर्न लागिएको हो ।

नेपालको पर्यटन तथा सौन्दर्य क्षेत्रको प्रात्साहनका लागि गर्न लागिएको उक्त प्रतियोगितामा नेपाल, भारत, संयुक्त राज्य अमेरिका, रुस, बेलायतलगायत २५ देशका एक-एकजना सहभागीले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक संस्थाकी अध्यक्ष समीक्षा श्रेष्ठका अनुसार सहभागी युवतीले अन्तर्राष्ट्रिय तहमा सम्बन्धित राष्ट्रका सम्पदा तथा संस्कृतिलाई एकआपसमा जानकारी गराउनेछन् । सहभागी प्रतियोगीले सर्वोत्कृष्ट व्यक्तित्व, फेसन, बहुआयामिक प्रतिभालगायतका क्षेत्रमा आ–आफ्नो अनुभव आदानप्रदान गरी त्यस विधामा सम्मान प्राप्त गर्नेछन् ।

उक्त प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः पाँच हजार, दुई हजार र एक हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ ।

रासस

प्रतिकृया दिनुहोस