संविधान संशोधन पारित हुन नदिने ओलीको भनाई
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने बताएका छन् ।
एमालेको मेची महाकाली राष्ट्रिय अभियानबारे सम्पादकहरुसँगको अन्तक्र्रियामा अध्यक्ष ओलीले असन्तुष्ट मधेसी दललाई निर्वाचनमा ल्याउनको लागि प्रस्ताव टेबल गर्न प्रधानमन्त्रीको आग्रह मानेर मौन विरोध गरिएको जानकारी पनि गराए ।
ओलीले भने–“तराई र पहाड पूर्णरुपमा अलग गर्ने उद्देश्य यसमा छ, यो बिल्कुल हुन दिइने छैन ।” पारित नहुँदा निर्वाचनमा नजाने वा पारित हुँदा पनि नमान्ने हो भने किन छलफलमा ल्याउनुपर्यो ?” जनताको अधिकारसँग यो संशोधनको कुनै सम्बन्ध नभएको ओलीको दाबी रहेको छ ।
एमालेको मेची महाकाली राष्ट्रिय अभियान २१ फागुनमा काँकडभित्ताबाट शुरु भएर ५ चैतमा सुर्खेत पुगेर समापन हुनेछ ।