ओप्पोले प्रदर्शन गर्यो संसारकै पहिलो फाइभ एक्स डुअल क्यामेरा जुम
मोबाइल फोटोग्राफीमा अग्रणी ओप्पो मोबाइलले वल्र्ड कङ्ग्रेस (एमडब्ल्यूसी) २०१७ मा अवलोकनकर्ता माझ ‘फाइभ एक्स डुअल क्यामेरा जुम’ प्रविधिको प्रदर्शन गरेको छ ।
यो पेरिस्कोप स्टाइल डुअल क्यामेरा, स्मार्टफोनका लागि संसारकै पहिलो भएको पनि कम्पनीले दाबी गरेको छ ।
यो प्रविधिले स्मार्टफोनमा पाँच गुणा ‘लसलेस’ जुम क्षमता उपलब्ध गराउँछ । नयाँ प्रविधि मार्फत उपभोक्ताले शक्तिशाली जुमका साथै अभुतपूर्व ईमेज स्टेबलाइजेशन क्षमताको मज्जा लिन सक्नेछन् ।
यो पेरिस्कोप स्टाइल्ड डुअल क्यामेरा प्रविधिको विकासका लागि कम्पनीले झन्डै एक वर्षको समय खर्चेको छ ।
यसमा डुअल क्यामेरामा वाइड एङ्गल र टेलिफोटो लेन्सहरुको प्रयोग गरिएको छ । टेलिफोटो लेन्सका लागि पेरिस्कोप आकारको संरचनाको प्रयोग गरिएको छ ।
नयाँ प्रविधिको माध्यमबाट कम्पनीले फाइभ एक्स जुम क्षमता प्राप्त गर्नुका साथै आफ्ना प्रयोगकर्तालाई ल्याण्डस्केप्स, पोट्र्रेट तथा क्लोजअप तस्बिरमा उत्कृष्टता प्रदान गर्ने लक्ष्य लिएको छ ।
आईडीसीका अनुसार १६ दशमलव ८ प्रतिशत बजार हिस्सासँगै ओप्पो अहिले चीनमा नम्बर १ स्मार्टफोन ब्राण्डका रूपमा स्थापित भइसकेको छ भने विश्वकै चौथौँ बेष्ट सेलिङ स्मार्टफोन ब्राण्डका रूपमा रहेको छ ।