चरेश र मेशिन सहित एक पक्राउ
पर्साको पटेर्वा सुगौलीबाट प्रहरीले लागू औषध (चरेश ) बनाउने मेशिन सहित एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पोखरीको टोलीले पर्साको पटेर्वा सुगौली–१ बाट ५० वर्षीय रामचन्द्र पासवानलाई चरेश बनाउने मेशिन र ४५ किलो चरेशसहित पक्राउ गरेको हो ।
घाघी खोलाको किनारमा फुसले छाएको सानो टहरामा चरेश बनाई रहेको अवस्थामा पासवानलाई ३२ साउन दिउँसो पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
“प्रारम्भिक अनुसन्धानमा धुलो चरेश मकवानपुरबाट ल्याएर पटेर्वासुगौलीमा ल्याई सुपारीे जस्तो डल्लो बनाएर भारत निकासी गर्ने गरेको तथ्य खुलेको छ,” उनले भने, “कारोबारमा संलग्न मुख्य व्यक्तिहरुको खोजी भईरहेको छ ।”
सुरेश बिडारी, वीरगञ्ज