काठमाडौं महानगरपालिकामा पौडेल
काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङको सरुवा भएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णयानुसार तामाङलाई मन्त्रालयकै नगरपालिका तथा वातावरण महाशाखामा सरुवा गरिएको हो । सरुवा भएका तामाङले १८ महिना कामपाको कार्यकारी प्रमुखका रुपमा काम गरेका थिए ।
तामाङ्को सरुवा भएसँगै मन्त्रालयले कामपाका कार्यकारी अधिकृतमा ईश्वर पौडेललाई नियुक्त गरेको छ ।
पौडेल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।
रासस