आईजीपी नियुक्ति मुद्दाको सुनुवाइ हुँदै
प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दाको आज पनि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
आईजीपी नियुक्तिसम्बन्धी मुद्दा सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलाशमा राखिएको छ । ११ फागुनदेखि सुनुवाइ सुरु भएको मुद्दामा बहस नसकिएपछि ‘हेर्दा हेर्दै’मा राखिदै आएको छ ।
डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्त नगर्न माग गर्दै अधिवक्ता कपिलदेव ढकालले २८ माघमा प्रधानमन्त्रीसहित मन्त्रीपरिषद विरुद्ध रिट दायर गरेका थिए । सरकारले १ फागुनमा डीआईजी चन्दलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेपछि अर्का डीआईजी नवराज सिलवालले पनि त्यसका विरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका थिए । त्यस्तै अधिवक्ता ढकालले ८ फागुनमा मन्त्रीपरिषदको निर्णय विरुद्ध पुरक रिट दायर गरेका थिए ।
तीनवटै मुद्दालाई एउटै इजलाशमा राखेर सुनुवाइ हुदै आएको छ ।