जाजरकोटमा बृद्ध जोडीकोे विचल्ली
जाजरकोटकोे जुँगाथापाचौर–९ भ्यूथापाका ८० बर्षीय डन्ने बादी र उनकी ७८ बर्षीया श्रीमती इसरा बादी बिचल्लीमा परेका छन् ।
भाँचिएका डन्नेका दुबै हात राम्रोसँग चल्दैनन्, उनकी पत्नी इसरा आँखा देख्दैनन् ।
बुढेसकालमा बस्नलाई एउटा छाप्रो बाहेक उनीहरुको सहारा केही–कोही छैन ।
सम्पती केही छैन, गरी खान उमेर र ताकत छैन । विहान साँझ गर्जो टार्न छिमेकमा माग्नुको विकल्प छैन ।
१० बर्षदेखि सीमा–९ मार्के खोला किनारमा उनीहरु बस्ने झुपडी रहेको जमिन पनि अर्कैको हो ।
“छाप्रोको बास छ, खाउँ खाना छैन, लाउँ लत्ता छैन,” डन्ने भन्छन, “म मरिहालें भने यसको (पत्नी इसराको) हेरचाह कसले गरिदेला, कसले खान देला ?”
राजेन्द्र कार्की, जाजरकोट