गुडलाइफको 'पन्च' क्यान्डी बजारमा
एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि. द्धारा स्थापित नेपालको पहिलो चक्लेट फ्याक्ट्रीले आफ्नो नयाँ “पन्च” नामक क्यान्डी नेपाली बजारमा ल्याएको छ ।
म्याङ्गो र ग्वाभाको स्वादमा उपलब्ध यस क्यान्डीको भित्री भागमा मसला भरिएको छ ।
सन् २०१२ मा सुनसरीको दुहबीमा स्थापना भएको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि. नेपालकै सबैभन्दा ठुलो बिस्कुट र कन्फेक्सनरी उत्पादक कम्पनी हो । नेपाली उपभोक्ता माझ निकै रुचाइएको गुडलाइफले ४० भन्दा बढी भेराइटीका बिस्कुटहरुका साथै विभिन्न २० भन्दा बढी भेराइटीका चकलेटहरु उत्पादन गर्दै आएको छ । आफूसँग भएको पूर्वाधार र प्रविधिको प्रयोग गरी आफ्ना उपभोक्तालाई अरू ब्राण्डको तुलनामा सुपथ मूल्यमा उच्चस्तरीय गुणस्तर प्रदान गरिरहेको कम्पनीले दाबी गरेकाे छ ।
यसको बजार मूल्य दुई रुपैंया तोकिएको कम्पनीले जनाएको छ ।